Thursday, November 17, 2016

यसरी पो गरिँदोरहेछ बिजुलीको कालोबजारी !

nepal-electricity-authority
२ मंसिर, काठमाडौ । यसअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । व्यापार-व्यवसाय गर्नेहरुले विद्युत नभएकै कारण रोएर दिन बिताउनु परिरहेको थियो । हिउँद-बर्खा, दिन-रात सधैं लोडसेडिङ हुन्थ्यो ? अहिले नयाँ विद्युत थपिएकै छैन, तर लोडसेडिङ स्वाट्टै हटेको छ । आखिर हिजो किन र कसरी हुन्थ्यो लोडसेडिङ ?
यसअघि लोडसेडिङ कसरी हुन्थ्यो भन्ने बारेमा हामीले विद्युत प्राधिकरणका एक जना प्राविधिकलाई सोध्यौं- एउटै मात्रामा बिजुली हुँदाखेरि हिजो दैनिक १२ घण्टा, ८ घण्टा लोडसेडिङ भइरहेको थियो, तर, अहिले तिहारका बेलामा समेत देशैभरि लोडसेडिङ भएन, यसको भित्री रहस्य के हो ?
ती प्राविधिक कर्मचारीले अनलाइनखबरसँग भने- लोडसेडिङका नाममा प्राधिकरणका हाकिमले जनतामाथि अपराध गर्दै आइरहेका थिए । हिजो बिजुली नपुगेर लोडसेडिङ भएकै होइन, लोडसेडिङ गराउने अपराधीहरुका कारणले मात्रै लोडसेडिङ भएको हो ।
कसरी हुन्थ्यो लोडसेडिङको ‘अपराध’ ?
यो प्रश्नको जवाफमा स्रोतले थप व्याख्या गर्दै भन्यो, ‘नेपालमा यति विद्युत आवश्यक छ भनेर प्राधिकरणले जनतालाई चाहिनेभन्दा बढी मात्राको मिथ्यांक सुनाउँथ्यो । र, कति विद्युत मौज्दात छ भन्ने तथ्यचाँहि घटाएर दिइन्थ्यो । यसको वीचमा ठूलो ‘ग्याप’ देखाएर १२ घण्टा लोडसेडिङ गर्नुपर्ने सूचना जनतामा जारी गरिन्थ्यो । र, जनताले त्यसैलाई पत्याएर चुपचाप सहने गरेका थिए ।
जस्तो कि- विद्युतको माग ११ सय मेगावाट देखाइयो भने नेपालमा उत्पादित र भारतबाट आयातीत बिजुलीसमेत ६/७ सय मेगावाट मौज्दात देखाइन्थ्यो । वीचमा ५/६ सय मेगावाट विद्युत कम भएको भन्दै प्राधिकरणका हाकिमले यसवापत १२ घण्टा लोडसेडिङ गर्नुपर्ने मिथ्यांक जनतामा सम्प्रेषण गर्थे । र, जनताले त्यसैलाई पत्याउँथे ।
प्राधिकरणका प्राविविधिकले अनलाइनखबरसँग भने- जनतालाई त यो प्राविधिक विषय थाहा हुँदैन कि कति विद्युत चाहिन्छ र कति घण्टा लोडसेडिङ गर्नुपर्ने हुन्छ ।
प्राधिकरण स्रोतका अनुसार हाकिमहरुले जनताका आँखामा छारो हालेर १२ घण्टे लोडसेडिङलाई सदर गराइसकेपछि ठूल्ठुला कारखानाका मालिकहरुसँग सम्पर्क गर्थे । र, भन्थे कि हामीसँग पावर छ, तिम्रो कारखाना चलाउन कतिघण्टा बिजुली दिऔं ? अनि हामीलाई यसवापत कति लाख कमिसन दिन्छौ ?
यसरी व्यवसायीसँग बार्गेनिङ गरेर खाने कमिसन अनुसार कसैलाई दैनिक २१ घण्टासम्म बिजुली दिइन्थ्यो भने कमिसन नदिने साना वा सोझा व्यवसायीलाई चाँहि लोडसेडिङको मारमा पारिन्थ्यो । जसले गर्दा उनीहरुको व्यापार व्यवसाय चौपट बन्दै आएको थियो ।
प्राधिकरण स्रोत अगाडि भन्छ- कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुनुभन्दा अघिसम्म प्राधिकरणका हाकिमले यसैगरी राज्यको बिजुली बेचेर कमिसन खाइरहेका थिए । जनतालाई लोडसेडिङको भारी बोकाएर, जनताको व्यवसाय चौपट बनाई जनताकै बिजुलीमाथि कालोबजारी भइरहेको थियो । कुलमानले जिम्मेवारी सम्हाल्नासाथ बिजुलीको कालो ब्यापारमाथि धावा बोले ।
स्रोतका अनुसार जनताको बिजुली जनताबाटै खोसेर उद्योगीहरुसँग उठाइने कमिसन तत्कालीन उर्जामन्त्री र ठूला पार्टीका नेतासम्मलाई पुर्‍याउने गरिएको थियो । अहिले लोडसेडिङ हटेपछि तिनीहरुको पनि मुख सुकेको छ ।
अहिले कुलमान घिसिङ एमडी बनेर आइसकेपछि बिजुली चोरेर बेच्ने गिरोहको निद्रा हराएको स्रोतले बतायो । हुँदै नभएको कृत्रिम अभाव सिर्जना गरेर कमिसनमा विद्युतको कालोबजारी हुन छाडेपछि अहिले उपभोक्तालाई पनि विद्युत पुगेको छ र उद्योगपतिहरुले पनि कसैलाई कमिसन नखुवाई दैनिक १८ घण्टाभन्दा बढी उद्योग सञ्चालन गर्न पाएका छन् ।
तर, के वर्षौंसम्म जनतालाई लोडसेडिङको अँध्यारोमा राखेर उनीहरुको व्यवसाय चौपट बनाउने प्राधिकरणका पूर्वहाकिम एवं पूर्वउर्जामन्त्री र कमिसनखोरहरुमाथि अब कुनै कारवाही हुँदैन त ? स्रोतले अनलाइनखबरसँग भन्यो- ‘यो सामान्यखालको अपराध होइन, त्यसरी लोडसेडिङ गराउने अपराधीहरुलाई अब जेल पठाउनुपर्छ र देशलाई लोडसेडिङबाट सधैंका लागि मुक्त बनाउनुपर्छ ।’
नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङ गराउनेहरु कोको थिए भनेर सोको तथ्यांक संकलन गर्ने अनि तिनीहरुमाथि कारवाही अघि बढाउने गृहकार्य सुरु गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।
Onlinekhabar

चारहजार एटीएमका डाटा र पिन चोरी


मंसिर २, २०७३- जासुसी उपकरण बोकेर नेपाल आएका टर्किस, रोमानियन र बुल्गेरियन नागरिकले विभिन्न बैंकका ४ हजार ग्राहकको पिन नम्बर चोरी गरेको खुलेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार एटिएम बुथमा गोप्य क्यामरा लगायतका उपकरण जडान गरी उनीहरुले नेपाली ग्राहकको पिन नम्बर चोरी गरेका हुन् । चोरी गरिएका पिन नम्बर सोही समूहका अन्य सदस्यलाई इमेल गरेर पठाएको पनि खुलेको छ ।
‘तर, ती पिन नम्बर कुन कुन बैंकका हुन् र त्यसबाट पैसा निकालिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले कान्तिपुरसँग भने । ब्युरोले कात्तिकमा बुल्गेरिया, रोमानिया र टर्किका गरि ८ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट नक्कली एटिएम कार्ड, नेपाली बैंकका कार्डको विवरण र पिनसँगै त्यसको चोरीमा प्रयोग हुने उपकरण फेला परेको थियो । 
उनीहरुको साथबाट प्रहरीले गोप्य क्यामरा फिस आई, एटिएम मेसिनबाट अर्काको पिन नम्बर चोर्न सघाउने कार्ड स्किमिङ मेसिन, रित्तो कार्डमा पिन नम्बर राख्ने कार्ड पर्सनलाइजेसन मेसिन, एटिएम बुथको नम्बर दवाउन प्रयोग हुने किप्याड, कार्ड काट्ने र घोट्ने मेसिन लगायतका उपकरण र पिन नम्बर संग्रह गरिएको ल्यापटप फेला परेको थियो । उनीहरुको ल्यापटप र इमेल हेर्दा उनीहरुले नेपाली एटिएम बुथबाट संकलन गरेको पिन विवरण र पासवर्ड फेला परेका हुन् ।  
पक्राउ परेकाहरुले पिन नम्बर चोरी गर्न दरबारमार्ग, ठमेल, कान्तिपथमा रहेका विभिन्न बैंकका एटिएम बुथ प्रयोग गरेको खुलेको थियो । प्रहरीले २०७१ देखि हालसम्म चोरी भएको २ करोड ३७ लाख रुपैयाँ फेला पारेको छ । टर्किस नागरिक मेहेमेत गुलेन र बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्तोवबाट प्रहरीले एक करोड ६८ लाख रुपैया फेला पारेको थियो । 
रोमानियाली नागरिक पेड्रा ओरिलियन, बुल्गेरियन नागरिक डिमा एनातासोव स्टेफानोव र रोमानियाली गिता हुजुम, लोसिफ मोरारु र एलेक्स क्रिष्टियान लगायतबाट प्रहरीले ६६ लाख रुपैंया फेला परे पनि ती रकम कुन कुन बैंकका ग्राहकको हो भने खुलिसकेको छैन । कुन कुन बैंकका कुन कुन ग्राहकको पिन चोरी भएको हो भन्ने विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिए पनि जानकारी नआइसकेको ब्युरोका एक अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाले बयान दिएनन्
पक्राउ परेका आठै जना विदेशी नागरिक महाराजगञ्जमा रहेको ब्युरोको हिरासतमा छन् । प्रहरीले दोभाषेमार्फत बयान लिने प्रयास गरे पनि उनीहरुले अनुसन्धानमा प्रहरीलाई सघाएका छैनन् । ब्युरोका डिआइजी सिलवालका अनुसार रोमानियाली नागरिकले प्रहरीलाई बयान दिन समेत अस्विकार गरेका छन् । अन्यले बयान दिए पनि अनुसन्धानमा सघाएका छैनन् । ‘केहीले बयान दिएका छन्, केहीले बयान दिन समेत मानेका छैनन्,’ सिलवालले भने, ‘उनीहरुले बयान नै नदिए पनि प्राविधिक अुनसन्धानबाट प्रमाण जुटाउने काम जारी छ ।’ 
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरु अर्काको पिन विवरण र पासवर्ड चोरीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको खुलेको छ । सो गिरोहका सदस्य डोमिनिकल रिपब्लिक, टर्की, बुल्गेरिया, रोमानिया, नाइजेरियामा बस्ने गरेको र जर्मन, अमेरिका, जापान, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, लाओस्, क्याम्बोडिया, भियतनाम, युएइ, श्रीलंका, भारत, बंगलादेशमा सदस्य छरिएको ब्युरोको अनुसन्धानमा खुलेको थियो ।


kantipur

Wednesday, November 16, 2016

निर्दोष शिक्षकलाई महिलाको हत्यामा फसाउन खोजेको भन्दै प्रहरी कार्यलय घेराउ

ढल्केबर– विद्यालय जादैं गरेका निर्दोष शिक्षकलाई एक महिलाको हत्याको आरोपमा पक्राउ गरेर फसाउन खोजेको भन्दै बुधबार स्थानीयहरुले इलाका प्रहरी कार्यालय ढल्केबर धनुषा घेराउ गरेका छन् । बर्दिबास नगरपालिका स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय प्रेमनगर महोत्तरीका शिक्षक गोविन्द साहले सोही ठाउँकी उषा देवी महतोको हत्या गरेको आरोपमा सोमबार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
gherau
पीडित पक्षको किटानी जाहेरीको आधार प्रहरीले शिक्षक साहलाई प्रेम नगरबाटै पक्राउ गरेको हो । महोत्तरीको बर्दिबास नगरपालिका ८ प्रमेनगरकी ३२ बर्षीया उषा देवी महतोको हत्या गरेको आरोपमा शिक्षक साहसहित उनका देवर विजय महतोमाथि माइति पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।
गत कार्तिक १७ गतेदेखि घरबाट बेपत्ता भएको उषाको शव कार्तिक १९ गते धनुषाको लक्ष्मिनिबास ७ स्थित बासको झयाङ्ग नजिकैको तिल खेतमा फेला परेको थियो । उषाको मृत्यूको घटना रहस्यमय रहेको भन्दै प्रहरीले पीडित पक्षको जाहेरीको आधारमा शिक्षक साहलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
घरबाट हराई रहेकी उषालाई खोज तलासको लागि प्रहरी चौकी चौलिखा किसाननगरमा माइती पक्षले निवेदन दिएका थिए । सोही क्रममा उषाकी ससुरा लक्ष्मि महतो, देवर विजय महतो र छिमेकी दिनेश महतोलाई प्रहरी सोध पुच्छको क्रममा इलाका प्रहरी कार्यालय बर्दिबास ल्याइएको थियो ।
खोज तलास गर्ने भनी प्रहरीले पक्राउ गरेकाहरुसंग कागज गराएर शिक्षक गोविन्द साह लगायत अन्यको जवान्तमा छाडेका थिए ।
पक्राउ गरेकाहरुलाई छाँडेको भोलि पल्टै उषाको लास फेला परेको थियो ।पीडित पक्षले शिक्षक गोविन्द साहले विजयलाई जवान्तमा छोडाएर आफ्नी छोरी उषाको योजना बनाएर शिक्षक साहले हत्या गराएको उषाकी वुवा चेतनारायण महतोको दावी छ ।उषाकी देवर विजय महतो घटना पश्चात फरार रहदैं आएका छन् ।
मंगलबार र बुधबार सयौं गाउँलेहरुहरु निर्दोष शिक्षक गोविन्द साहलाई किटानी जाहेरी दर्ता गराएर फसाउन खोजेको भन्दै ढल्केवर प्रहरीलाई ध्यानाकर्षण गराउन गराएका थिए ।
घटनाको निष्पक्ष छानविन हुनु पर्ने, दोषिलाई कडा कारवाही हुनु पर्ने र निर्दोष शिक्षक गोविन्द साहलाई रिहा गर्नु पर्ने स्थानीयले प्रहरीसंग माग गरेका छन् ।
किसानगरका नेता विदुर कार्कीले निर्दोष र प्रतिष्ठित मान्छे थुनिनु भनेको चानचुने कुरा नभएको प्रहरीलाई चेतावनी दिएका छन् । उनले घटनाको गम्भिर तरिकाले छानविन गर्नु पर्ने बताए ।
समाजसेवी, वुद्धिजीवि, समाजिक अभियन्ता , राजनीतिकर्मी लगायतले समाजले शंका गरेका विजय फरार रहेकोले घटनमा उनकै हात हुन सक्ने बताएका छन् । तर शिक्षक साहलाई रिसिबीको आधारमा किटानी जाहेरी दिएर निर्दोषलाई फसाउन खोजेको स्थानीयले बताएका छन् ।
Ratopati

उत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल र विक्रम थापा सम्मानित

उत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल र विक्रम थापा सम्मानित

15060461_1197460770312881_1762037827_o
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दलाई उत्कृष्ट ब्यवस्थापकको पदवीले सम्मान गरिएको छ ।
त्यस्तै प्रहरी कार्यविधा तर्फ डिएसपी सन्तोष राठौर, दैवी प्रकोप उद्धार तर्फ उत्कृष्ट कार्य गरेबापत सई मनोहरी थापा, ट्राफिक प्रहरी तर्फ उत्कृष्ट कार्य गरेबापत हवल्दार चेत बहादुर चौलागाई र ट्राफिक एफएमका सन्तोष सापकोटा लगायतलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मापत्र सहित सम्मान गरेका छन् ।

यो पनि 

आईजिपी अर्यालले भने– ‘पहिला रोग भाइरल हुन्थ्यो, अहिले अहिले स्ट्याटस र फोटा भाइरल हुन थाले’

RAto PAti

Tuesday, November 15, 2016

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई


कार्तिक ३०, २०७३- नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।
विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित सोलिडारिटी कप नेपाली टिमले ११ महिनायता जितेको लगातार तेस्रो उपाधि हो । जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।
सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मिहिनेतसाथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए ।
खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि गर्‍यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जन विष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले ।
पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले ‘सिक्स यार्ड बक्स’बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो ।
सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मिहिनेतसाथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए ।
खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि गर्‍यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जन विष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले ।
पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले ‘सिक्स यार्ड बक्स’बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो ।
KAntipur

Monday, November 14, 2016

८ महिनामा २७७ मेगावाट

कार्तिक ३०, २०७३- आठ महिनाभित्र मुलुकमा २ सय ७७ मेगावाट बिजुली थपिने भएको छ । स्वदेशी निजी क्षेत्रका २४, विदेशी लगानीको १ र सरकारी दुई आयोजनाबाट त्यति बिजुली थपिन लागेको हो । त्यसपछि मुलुकमा वर्षायाममा लोडसेडिङ नहुने विद्युत् प्राधिकरणका अधिकारीले जानकारी दिएका छन् । 
मुलुकमा हाल कुल विद्युत् उत्पादन क्षमता ५३ दशमलव ४ मेगावाट तापीय (थर्मल) सहित ८ सय ३८ मेगावाट छ । ती २७ आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि आगामी असार मसान्तसम्म मुलुकको केन्द्रीय प्रणालीमा कुल विद्युत् उत्पादन क्षमता ११ सय १५ मेगावाट पुग्ने ऊर्जा मन्त्रालयका अधिकारीले जनाए । आगामी वर्षायाममा मुलुकमा बिजुलीको माग करिब १५ सय मेगावाटको हाराहारीमा पुग्नेछ । प्राधिकरणले हाल भारतबाट ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ भने मुलुकको आन्तरिक उत्पादनले आगामी वर्षायाममा बिजुलीको माग करिब–करिब धान्नेछ ।

स्वदेशी निजी क्षेत्रका २४ आयोजनाबाट १ सय ८३, चिनियाँ लगानीको माथिल्लो मस्र्याङ्दी ‘ए’बाट ५०, विद्युत् प्राधिकरणबाट निर्माणाधीन दुई आयोजनाबाट ४४ मेगावाट विद्युत् उत्पादन सुरु भई आगामी असारसम्म केन्द्रीय विद्युत् प्रणालीमा जोडिने छ । स्वदेशी तथा विदेशी लगानीका २५ आयोजनाको कुल लागत ५५ अर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अधिकारीले दिए । विद्युत् प्राधिकरणद्वारा निर्माण भइरहेका ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आगामी असारअगावै सम्पन्न भई विद्युत् उत्पादन सुरु भइसक्ने छ । 
ठेकेदार कम्पनीको गैरजिम्मेवारीका कारण सन् २०११ मै सम्पन्न हुनुपर्ने यी दुवै आयोजनाको लागत र निर्माण अवधि दोब्बर भइसकेको छ । प्राधिकरणले आगामी मसान्तभित्र जसरी पनि यी दुई आयोजनाको निर्माण सकेर विद्युत् थालिसक्ने कार्ययोजना बनाएर काम गरिरहेको छ । चमेलिया आयोजनाको लागत १५ अर्ब रुपैयाँ पुगिसकेको छ । सुरुमा लागत २ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको कुलेखानी तेस्रोको निर्माण अवधि लम्बिएको र ठेकेदारको भेरिएसन मागका कारण लागत ५ अर्ब रुपैयाँभन्दा बढी पुग्ने भएको छ ।
निजी क्षेत्रबाट निर्माणाधीन आयोजनामध्ये चिनियाँ कम्पनी सिनो हाइड्रोको लगानी रहेको ५० मेगावाटको माथिल्लो मस्र्याङदी सबभन्दा ठूलो आयोजना हो । उक्त आयोजनाको एउटा युनिटबाट २५ मेगावाट बिजुली उत्पादन सुरु भइसकेको छ भने अर्को युनिटबाट एक महिनाभित्रै थप २५ मेगावाट बिजुली उत्पादन सुरु भइसक्ने जानकारी प्राधिकरणका अधिकारीले दिए । २५ मेगावाटको माथिल्लो मादी र १४ दशमलव ९ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौंदी खोला ए विद्युत् आयोजनाबाट हालै परीक्षण उत्पादन सुरु भइसकेको छ । यी तीनवटै आयोजनाले छिट्टै व्यापारिक उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले उपलब्ध गराएको विवरणअनुसार आगामी असारअगावै सम्पन्न हुने आयोजनामा २२ दशमलव २ मेगावाटको अपर चाकु ए, ५ मेगावाटको फावा खोला, १ मेगावाटको तिनाउ, २ दशमलव ८ मेगावाटको चाके खोला, २ दशमलव ५ मेगावाटको पिखुला खोला, १० मेगावाटको मडु खोला, १ दशमलव ७ मेगावाटको जुम्दी खोला, १ दशमलव ५ मेगावाटको ठेउले खोला, ५ मेगावाटको तादी खोला, ५ मेगावाट अपर मैलुङ ए छन् । त्यसैगरी १२ मेगावाटको अपर खिम्ती, ११ दशमलव २ मेगावाटको थापा खोला, ३ दशमलव २ मेगावाटको गेलुङ खोला, १४ दशमलव ९ मेगावाटको हेवा खोला ए, २ दशमलव ५ मेगावाटको दाराम खोला ए, २२ मेगावाटको अपर दोर्दी ए, ४ मेगावाटको सार्दी खोला, ४ मेगावाटको सभा खोला, ७ दशमलव ६ मेगावाटको जोगमाई, ४ दशमलव २ मेगावाटको लोहोरे खोला, ६ दशमलव ८ मेगावाटको रुडी ए र ३ दशमलव ७ मेगावाटको द्वारी खोलाबाट आगामी असारसम्ममा बिजुली उत्पादन भई केन्द्रीय प्रसारणमा जोडिने जानकारी इपानले दिएको छ ।


kantipur

पाकिस्तानमा भएको थियो ट्रम्पको जन्म, नाम थियो दाउद इब्राहिम !

donald-trump-born-in-pakistan-10-1478784576
हेडलाइन पढेर सायद तपाईं अचम्ममा पर्नुभयो होला तर पाकिस्तानको एक न्यूज च्यानलले यस्तै दाबी गरेको छ । पाकिस्तानको च्यानल नियो न्यूजमा प्रसारण भएको एक कार्यक्रममा डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको बताइएको छ ।
वजिरिस्तानको मदरसामा पढाईः
पाकिस्तानी च्यानलको दाबी अनुसार डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको हो र उनको वास्तविक नाम दाऊद इब्राहिम खान थियो ।
उक्त च्यानलका अनुसार सन् १९५४ मा भएको एक सडक दुर्घटनामा ट्रम्पको आमाबुवाको मृत्यु भएको थियो । ट्रम्पले वजीरिस्तानको एक मदरसामा आफ्नो सुरुवाती शिक्षा हाँसिल गरेका थिए ।
भारतीय सैनिकका क्याप्टेनले धर्मपुत्र बनाएः
त्यसपछि बेलायती सेनाका भारतीय सैनिकले उनलाई धर्मपुत्र बनाए र उनलाई लण्डन लिएर गए । यहाँ उनलाई ट्रम्प परिवारले सन् १९५५ मा पुनः धर्मपुत्र बनाए त्यसपछि उनको नाम डोनाल्ड ट्रम्प रहन गयो ।
यति कुरा सुन्दा मानिसहरुले यो कुरा नपत्याउलान् भनी उक्त च्यानलले एक फोटो पनि जारी गर्यो । एक बालकको फोटो पोष्ट गर्दै उक्त फोटो डोनाल्ड ट्रम्प पाकिस्तानमा हुँदाको फोटो भनी दाबी गर्यो ।
सोसल मिडियामा टिप्पणी पछि बनाइयो कार्यक्रमः
सोसल मिडियामा गरिएका केही व्यंग्यको आधारमा च्यानलले उक्त कार्यक्रम बनाएको स्पष्ट गर्यो ।
आधिकारिक रुपमा ट्रम्पको जन्म सन् १९४६ को जून १४ तारिखमा फ्रेड र मेरी ट्रम्पको घरमा भएको थियो । आफ्नो बुवासँग मिलेर ट्रम्पले ग्रेजुएसनपछि रियल स्टेटको व्यवसायलाई अघि बढाए ।
ट्रम्प पाकिस्तानलाई एक समस्या बताउँछन्ः
ट्रम्प राष्ट्रपति बनेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले उनलाई बधाई दिएका थिए । यद्यपी, ट्रम्प सधैं पाकिस्तानको निकै ठूलो आलोचक हुन् ।
उनले एक पटक भनेका थिए कि पाकिस्तानले ६ वर्षसम्म ओसामा बिन लादेनलाई लुकाएकोमा माफी माग्नुपर्छ ।
यसैवर्षको सुरुवातमा सीएनएनसँगको अन्तर्वार्तामा ट्रम्पले पाकिस्तान संसारको लागि सबैभन्दा ठूलो समस्या भएको बताएका थिए । ट्रम्पलाई विश्वास गर्ने हो भने पाकिस्तान एउटा यस्तो समस्या हो जसलाई ध्वस्त पार्नका लागि भारतलाई संलग्न गराउनै पर्छ ।