भान्सेको जिम्मेवारी सम्हालेपछि अधिकांश चाहन्छन्, मीठो र ट्वाक्क परिकार बनाऊँ । कसरी मीठो बनाउने भन्नेमा ध्यान दिने भान्सेले सरसफाइमा पनि उत्तिकै ध्यान दिएकै हुन्छन् । तर, परिकार बनाउने क्रममा सरसफाइका कतिपय यस्ता पाटा छन्, जुन अधिकांशले मतलब नै गर्दैनन् । यस्ता कुरालाई सामान्य ठानिरहेका हुन्छन्, तर स्वास्थ्यका लागि गम्भीर गल्ती भइरहेको हुन्छ । भान्सामा परिकार बनाउँदा अधिकांशले गर्ने गम्भीर गल्ती यस्ता छन्ः
१. माछा–मासु प्रायः भान्सामा पाकेकै पाइन्छ । र, अधिकांश भान्सामा माछा–मासु पकाउने क्रममै गम्भीर गल्ती भइरहेको हुन्छ । काँचो माछा–मासु राखेको प्लेटमा त्यत्तिकै या हल्का पखालेर पाकेको/तारेको माछा–मासु राखेर चाख्ने अधिकांशको बानी हुन्छ । काँचो मासु लसपस भएको भाँडाकुँडा राम्रोसँग नपखाली पाकेको माछा–मासु राखेर खाँदा ब्याक्टेरिया क्रस कन्ट्यामिनेसन भइरहेको हुन्छ । स्वास्थ्यमा हानि गर्ने ब्याक्टेरियाहरू माछा–मासुमा छिटो र बढी सक्रिय हुन्छन् । अन्य काँचो तरकारी राखेको भाँडोमा पनि पकाएको परिकार राखेर खानु हुँदैन ।
२. पकाएको माछा–मासु खाएर नसकेपछि अधिकांशले अर्को छाक खानका लागि स्टक राख्छन् । बिहान पकाएको माछा–मासु बेलुका खाने गर्छन् । घरमा फ्रिज छैन भने यस्तो गर्नु गम्भीर गल्ती हो । प्याज, लसुन, पानीको मात्रा रहेको मासु फ्रिजबाहिर राखिएको छ भने तीन घन्टापछि बिग्रिएको हुन्छ । सेलाएपछि ब्याक्टेरिया फैलिएर टक्सिन उत्पादन गरिसकेका हुन्छन् । यस्तो माछा–मासु तीन घन्टापछि तताएर पनि खानु हुँदैन । ब्याक्टेरियाहरू जीवितै हुन्छन् ।

३. सब्जी आइटम त हरेक भान्सामा भइहाल्छ । फ्रिज हुनेले चिस्याएर राख्छन् । तर, फ्रिजमा राखेको छ भन्दैमा दाग लागेको, ढुसी देखिएको तरकारी बिग्रिएको भाग फालेर पकाउने गरेको पाइन्छ । यो सही होइन । ब्याक्टेरिया सद्दे भागतिर पनि फैलिसकेका हुन्छ र स्वास्थ्यमा हानि पु¥याउँछ ।
४. खुर्सानीको जातै पिरो । अधिकांशले ठान्छन्, पिरो खुर्सानीमा ब्याक्टेरियाहरू रहनै सक्दैनन् । यो ठूलो भ्रम हो । यही भ्रममा परेर धेरैले गल्ती गरिरहेका हुन्छन् । खुर्सानी पुछपाछ गरेर खानु तथा अचारमा प्रयोग गर्नु स्वस्थकर हुँदैन । राम्रोसँग पखाल्नैपर्छ ।
५. अहिले हरेक सब्जीको उत्पादनमा विषादी प्रयोग गरिएको पाइन्छ । तर, अधिकांश भान्सामा बजारबाट ल्याउनैबित्तिकै सब्जी काटेर पकाउने गरेको देखिन्छ । यो गलत भइरहेको छ । हरियो र ताजा देख्दैमा स्वस्थ हुँदैन । त्यसैले पकाउन तयार पार्नुभन्दा पहिले सब्जीहरू मनतातो नुनपानीमा आधा घन्टा डुबाउनु राम्रो हुन्छ । यसो गर्दा विषादीको असर न्यूनीकरण हुन्छ ।
नयाँ पत्रिकाबाट
No comments:
Post a Comment