Sunday, November 13, 2016

धरान धनकुटा सडकखण्डमा प्रहरी स्कर्टिङमा यातायात सञ्चालन

कार्तिक २८, २०७३- नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले आइतबार बिहान धनकुटामा एक सवारी साधनमा तोडफोड गरी सामान्य क्षति पुऱ्याएका छन् ।
कोसी राजमार्गको धरान धनकुटा सडकखण्डअन्तर्गत आत्मारा ढाटनजिक को.१ख ३२७५ नं.को मिनिट्रकमा क्षति पुऱ्याएको चालक सुमन अधिकारीले बताए । इटहरीबाट हिलेस्थित कालिका सप्लायर्सका लागि सामग्री बोकेर जाँदै गरेको ट्रकलाई बन्दकर्ताले घेराउ गरेर तोडफोड गर्दा लुकिङग्लास फुटेको जनाइएको छ । सवारी साधनलाई सदरमुकामस्थित जीरो प्वाइन्ट नजिक सुरक्षाका लागि राखिएको छ ।
स्कर्टिङ गरेर सवारी सञ्चालन
कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालनमा ल्याएको छ ।
धरानबाट भेडेटार, मुलघाट, धनकुटा सदरमुकाम हुँदै हिले र तेह्रथुमसम्म स्कर्टिङ गरी सवारी साधन सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । यसक्रममा राजधानीबाट गएका दुईसहित १५ वटा सवारी साधनलाई गन्तव्यतर्फ लगिएको प्रहरी स्रोतले जनाएको छ ।

यसैबीच, माओवादीले आह्वान गरेको नेपाल बन्दले बर्दियाको जनजिवन आंशिक प्रभाव परेको छ । बन्द गर्दे हिँडेका चार जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको कान्तिपुर संवाददाता कमल पन्थीले जनाएका छन् ।
यसैबीच बन्दका कारण बिहानदेखि यहॉबाट चल्ने लामो तथा छोटो दुरीका यातायातका सवारी साधन चलेका छैनन् । जिल्ला स्थित शिक्षण संस्था,उद्योग कलकारखाना बन्दले प्रभावित भएकाछन् । फाटफुट रुपमा मोटरसाईकल चले पनि गुलरिया,सानोश्री,भुरीगाउ,राजापुृर लगायतका व्यवसायिक केन्द्र ठप्प भएको प्रहरीले जनाएको छ । बन्दलाई मध्यजनर राख्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Source:-kantipur

No comments:

Post a Comment