Sunday, November 13, 2016

अब घर-घरमा विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

अब घर-घरमा विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

smart-meter
२८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ ।
स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई बताए ।
‘मेरो पहिलो उद्देश्य लोडसेडिङ न्यूनीकरण गर्दै अन्त्य गर्नु हो,’ घिसिङले भने, ‘दोस्रो उद्देश्य भने घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु हो । यी दुबै उद्देश्य प्राप्त गर्न स्मार्ट मिटरिङ सिस्टम अत्यावश्यक छ ।’
‘पाइलट प्रोजेक्ट’का रुपमा निकट भविष्यमै उपत्यकामा स्मार्ट मिटर जडान गरिने उनको भनाई छ ।
‘पाइलट प्रोजेक्टकारुपमा निकट भविष्यमै काठमाडौं उपत्यकामा स्मार्ट मिटरिङ सिस्टम लागू गर्ने तयारी भइरहेको छ,’ घिसिङले भने, ‘अहिले नै दिन तोकि नहालौं ।’
smart-meter-in-home-display-1
 स्मार्ट मिटरिङ लागू भएपछि टेलिकमका उपभाक्ताले जस्तै विद्युत प्राधिकरणका उपभोक्ताले पनि तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने घिसिङले बताए । सिस्टमको सञ्चारका लागि टेलिकमसँग कुरा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
अहिले प्राधिकरणका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घर-घरमा जान्छन । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ ।
के हो स्मार्ट मिटर ?
स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनिकेशन अर्थात दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको केन्दि्रय सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ ।
उपभोक्ताले विल तिरेको/नतिरेको पनि छिनभरमै प्राधिकरणको केन्दि्रय प्रणालीलाई थाहा हुन्छ ।
डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्जकार्डमार्फत रिचार्ज गरेर विजुलीको खपत गर्न सक्ने घिसिङले बताए ।
intelligenter_zaehler-_smar
विकशित मुलुकहरुमा पछिल्ला बर्षमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र बिद्युत बिक्रेता प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबापत खर्च भइरहेको पैसासमेत सजिलै थाहा पाउन सक्छन् ।
स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचार घरघरमा आएर मिटर हेरेर बिल काट्नुपर्ने बाध्यता हट्ने छ । साथै प्राधिकरणले कुन समयमा उपभोक्ताले धेरै बिजुली खपत गर्छन भन्ने सही र रियलटाइम तथ्याङ्क पाउने छ ।
२०७३ कार्तिक २८ गते १३:१७ मा प्रकाशित
Source:-OnlineKhabar

No comments:

Post a Comment