Wednesday, November 16, 2016

निर्दोष शिक्षकलाई महिलाको हत्यामा फसाउन खोजेको भन्दै प्रहरी कार्यलय घेराउ

ढल्केबर– विद्यालय जादैं गरेका निर्दोष शिक्षकलाई एक महिलाको हत्याको आरोपमा पक्राउ गरेर फसाउन खोजेको भन्दै बुधबार स्थानीयहरुले इलाका प्रहरी कार्यालय ढल्केबर धनुषा घेराउ गरेका छन् । बर्दिबास नगरपालिका स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय प्रेमनगर महोत्तरीका शिक्षक गोविन्द साहले सोही ठाउँकी उषा देवी महतोको हत्या गरेको आरोपमा सोमबार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
gherau
पीडित पक्षको किटानी जाहेरीको आधार प्रहरीले शिक्षक साहलाई प्रेम नगरबाटै पक्राउ गरेको हो । महोत्तरीको बर्दिबास नगरपालिका ८ प्रमेनगरकी ३२ बर्षीया उषा देवी महतोको हत्या गरेको आरोपमा शिक्षक साहसहित उनका देवर विजय महतोमाथि माइति पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।
गत कार्तिक १७ गतेदेखि घरबाट बेपत्ता भएको उषाको शव कार्तिक १९ गते धनुषाको लक्ष्मिनिबास ७ स्थित बासको झयाङ्ग नजिकैको तिल खेतमा फेला परेको थियो । उषाको मृत्यूको घटना रहस्यमय रहेको भन्दै प्रहरीले पीडित पक्षको जाहेरीको आधारमा शिक्षक साहलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
घरबाट हराई रहेकी उषालाई खोज तलासको लागि प्रहरी चौकी चौलिखा किसाननगरमा माइती पक्षले निवेदन दिएका थिए । सोही क्रममा उषाकी ससुरा लक्ष्मि महतो, देवर विजय महतो र छिमेकी दिनेश महतोलाई प्रहरी सोध पुच्छको क्रममा इलाका प्रहरी कार्यालय बर्दिबास ल्याइएको थियो ।
खोज तलास गर्ने भनी प्रहरीले पक्राउ गरेकाहरुसंग कागज गराएर शिक्षक गोविन्द साह लगायत अन्यको जवान्तमा छाडेका थिए ।
पक्राउ गरेकाहरुलाई छाँडेको भोलि पल्टै उषाको लास फेला परेको थियो ।पीडित पक्षले शिक्षक गोविन्द साहले विजयलाई जवान्तमा छोडाएर आफ्नी छोरी उषाको योजना बनाएर शिक्षक साहले हत्या गराएको उषाकी वुवा चेतनारायण महतोको दावी छ ।उषाकी देवर विजय महतो घटना पश्चात फरार रहदैं आएका छन् ।
मंगलबार र बुधबार सयौं गाउँलेहरुहरु निर्दोष शिक्षक गोविन्द साहलाई किटानी जाहेरी दर्ता गराएर फसाउन खोजेको भन्दै ढल्केवर प्रहरीलाई ध्यानाकर्षण गराउन गराएका थिए ।
घटनाको निष्पक्ष छानविन हुनु पर्ने, दोषिलाई कडा कारवाही हुनु पर्ने र निर्दोष शिक्षक गोविन्द साहलाई रिहा गर्नु पर्ने स्थानीयले प्रहरीसंग माग गरेका छन् ।
किसानगरका नेता विदुर कार्कीले निर्दोष र प्रतिष्ठित मान्छे थुनिनु भनेको चानचुने कुरा नभएको प्रहरीलाई चेतावनी दिएका छन् । उनले घटनाको गम्भिर तरिकाले छानविन गर्नु पर्ने बताए ।
समाजसेवी, वुद्धिजीवि, समाजिक अभियन्ता , राजनीतिकर्मी लगायतले समाजले शंका गरेका विजय फरार रहेकोले घटनमा उनकै हात हुन सक्ने बताएका छन् । तर शिक्षक साहलाई रिसिबीको आधारमा किटानी जाहेरी दिएर निर्दोषलाई फसाउन खोजेको स्थानीयले बताएका छन् ।
Ratopati

No comments:

Post a Comment