Thursday, November 17, 2016

यसरी पो गरिँदोरहेछ बिजुलीको कालोबजारी !

nepal-electricity-authority
२ मंसिर, काठमाडौ । यसअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । व्यापार-व्यवसाय गर्नेहरुले विद्युत नभएकै कारण रोएर दिन बिताउनु परिरहेको थियो । हिउँद-बर्खा, दिन-रात सधैं लोडसेडिङ हुन्थ्यो ? अहिले नयाँ विद्युत थपिएकै छैन, तर लोडसेडिङ स्वाट्टै हटेको छ । आखिर हिजो किन र कसरी हुन्थ्यो लोडसेडिङ ?
यसअघि लोडसेडिङ कसरी हुन्थ्यो भन्ने बारेमा हामीले विद्युत प्राधिकरणका एक जना प्राविधिकलाई सोध्यौं- एउटै मात्रामा बिजुली हुँदाखेरि हिजो दैनिक १२ घण्टा, ८ घण्टा लोडसेडिङ भइरहेको थियो, तर, अहिले तिहारका बेलामा समेत देशैभरि लोडसेडिङ भएन, यसको भित्री रहस्य के हो ?
ती प्राविधिक कर्मचारीले अनलाइनखबरसँग भने- लोडसेडिङका नाममा प्राधिकरणका हाकिमले जनतामाथि अपराध गर्दै आइरहेका थिए । हिजो बिजुली नपुगेर लोडसेडिङ भएकै होइन, लोडसेडिङ गराउने अपराधीहरुका कारणले मात्रै लोडसेडिङ भएको हो ।
कसरी हुन्थ्यो लोडसेडिङको ‘अपराध’ ?
यो प्रश्नको जवाफमा स्रोतले थप व्याख्या गर्दै भन्यो, ‘नेपालमा यति विद्युत आवश्यक छ भनेर प्राधिकरणले जनतालाई चाहिनेभन्दा बढी मात्राको मिथ्यांक सुनाउँथ्यो । र, कति विद्युत मौज्दात छ भन्ने तथ्यचाँहि घटाएर दिइन्थ्यो । यसको वीचमा ठूलो ‘ग्याप’ देखाएर १२ घण्टा लोडसेडिङ गर्नुपर्ने सूचना जनतामा जारी गरिन्थ्यो । र, जनताले त्यसैलाई पत्याएर चुपचाप सहने गरेका थिए ।
जस्तो कि- विद्युतको माग ११ सय मेगावाट देखाइयो भने नेपालमा उत्पादित र भारतबाट आयातीत बिजुलीसमेत ६/७ सय मेगावाट मौज्दात देखाइन्थ्यो । वीचमा ५/६ सय मेगावाट विद्युत कम भएको भन्दै प्राधिकरणका हाकिमले यसवापत १२ घण्टा लोडसेडिङ गर्नुपर्ने मिथ्यांक जनतामा सम्प्रेषण गर्थे । र, जनताले त्यसैलाई पत्याउँथे ।
प्राधिकरणका प्राविविधिकले अनलाइनखबरसँग भने- जनतालाई त यो प्राविधिक विषय थाहा हुँदैन कि कति विद्युत चाहिन्छ र कति घण्टा लोडसेडिङ गर्नुपर्ने हुन्छ ।
प्राधिकरण स्रोतका अनुसार हाकिमहरुले जनताका आँखामा छारो हालेर १२ घण्टे लोडसेडिङलाई सदर गराइसकेपछि ठूल्ठुला कारखानाका मालिकहरुसँग सम्पर्क गर्थे । र, भन्थे कि हामीसँग पावर छ, तिम्रो कारखाना चलाउन कतिघण्टा बिजुली दिऔं ? अनि हामीलाई यसवापत कति लाख कमिसन दिन्छौ ?
यसरी व्यवसायीसँग बार्गेनिङ गरेर खाने कमिसन अनुसार कसैलाई दैनिक २१ घण्टासम्म बिजुली दिइन्थ्यो भने कमिसन नदिने साना वा सोझा व्यवसायीलाई चाँहि लोडसेडिङको मारमा पारिन्थ्यो । जसले गर्दा उनीहरुको व्यापार व्यवसाय चौपट बन्दै आएको थियो ।
प्राधिकरण स्रोत अगाडि भन्छ- कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुनुभन्दा अघिसम्म प्राधिकरणका हाकिमले यसैगरी राज्यको बिजुली बेचेर कमिसन खाइरहेका थिए । जनतालाई लोडसेडिङको भारी बोकाएर, जनताको व्यवसाय चौपट बनाई जनताकै बिजुलीमाथि कालोबजारी भइरहेको थियो । कुलमानले जिम्मेवारी सम्हाल्नासाथ बिजुलीको कालो ब्यापारमाथि धावा बोले ।
स्रोतका अनुसार जनताको बिजुली जनताबाटै खोसेर उद्योगीहरुसँग उठाइने कमिसन तत्कालीन उर्जामन्त्री र ठूला पार्टीका नेतासम्मलाई पुर्‍याउने गरिएको थियो । अहिले लोडसेडिङ हटेपछि तिनीहरुको पनि मुख सुकेको छ ।
अहिले कुलमान घिसिङ एमडी बनेर आइसकेपछि बिजुली चोरेर बेच्ने गिरोहको निद्रा हराएको स्रोतले बतायो । हुँदै नभएको कृत्रिम अभाव सिर्जना गरेर कमिसनमा विद्युतको कालोबजारी हुन छाडेपछि अहिले उपभोक्तालाई पनि विद्युत पुगेको छ र उद्योगपतिहरुले पनि कसैलाई कमिसन नखुवाई दैनिक १८ घण्टाभन्दा बढी उद्योग सञ्चालन गर्न पाएका छन् ।
तर, के वर्षौंसम्म जनतालाई लोडसेडिङको अँध्यारोमा राखेर उनीहरुको व्यवसाय चौपट बनाउने प्राधिकरणका पूर्वहाकिम एवं पूर्वउर्जामन्त्री र कमिसनखोरहरुमाथि अब कुनै कारवाही हुँदैन त ? स्रोतले अनलाइनखबरसँग भन्यो- ‘यो सामान्यखालको अपराध होइन, त्यसरी लोडसेडिङ गराउने अपराधीहरुलाई अब जेल पठाउनुपर्छ र देशलाई लोडसेडिङबाट सधैंका लागि मुक्त बनाउनुपर्छ ।’
नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङ गराउनेहरु कोको थिए भनेर सोको तथ्यांक संकलन गर्ने अनि तिनीहरुमाथि कारवाही अघि बढाउने गृहकार्य सुरु गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।
Onlinekhabar

चारहजार एटीएमका डाटा र पिन चोरी


मंसिर २, २०७३- जासुसी उपकरण बोकेर नेपाल आएका टर्किस, रोमानियन र बुल्गेरियन नागरिकले विभिन्न बैंकका ४ हजार ग्राहकको पिन नम्बर चोरी गरेको खुलेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार एटिएम बुथमा गोप्य क्यामरा लगायतका उपकरण जडान गरी उनीहरुले नेपाली ग्राहकको पिन नम्बर चोरी गरेका हुन् । चोरी गरिएका पिन नम्बर सोही समूहका अन्य सदस्यलाई इमेल गरेर पठाएको पनि खुलेको छ ।
‘तर, ती पिन नम्बर कुन कुन बैंकका हुन् र त्यसबाट पैसा निकालिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले कान्तिपुरसँग भने । ब्युरोले कात्तिकमा बुल्गेरिया, रोमानिया र टर्किका गरि ८ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट नक्कली एटिएम कार्ड, नेपाली बैंकका कार्डको विवरण र पिनसँगै त्यसको चोरीमा प्रयोग हुने उपकरण फेला परेको थियो । 
उनीहरुको साथबाट प्रहरीले गोप्य क्यामरा फिस आई, एटिएम मेसिनबाट अर्काको पिन नम्बर चोर्न सघाउने कार्ड स्किमिङ मेसिन, रित्तो कार्डमा पिन नम्बर राख्ने कार्ड पर्सनलाइजेसन मेसिन, एटिएम बुथको नम्बर दवाउन प्रयोग हुने किप्याड, कार्ड काट्ने र घोट्ने मेसिन लगायतका उपकरण र पिन नम्बर संग्रह गरिएको ल्यापटप फेला परेको थियो । उनीहरुको ल्यापटप र इमेल हेर्दा उनीहरुले नेपाली एटिएम बुथबाट संकलन गरेको पिन विवरण र पासवर्ड फेला परेका हुन् ।  
पक्राउ परेकाहरुले पिन नम्बर चोरी गर्न दरबारमार्ग, ठमेल, कान्तिपथमा रहेका विभिन्न बैंकका एटिएम बुथ प्रयोग गरेको खुलेको थियो । प्रहरीले २०७१ देखि हालसम्म चोरी भएको २ करोड ३७ लाख रुपैयाँ फेला पारेको छ । टर्किस नागरिक मेहेमेत गुलेन र बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्तोवबाट प्रहरीले एक करोड ६८ लाख रुपैया फेला पारेको थियो । 
रोमानियाली नागरिक पेड्रा ओरिलियन, बुल्गेरियन नागरिक डिमा एनातासोव स्टेफानोव र रोमानियाली गिता हुजुम, लोसिफ मोरारु र एलेक्स क्रिष्टियान लगायतबाट प्रहरीले ६६ लाख रुपैंया फेला परे पनि ती रकम कुन कुन बैंकका ग्राहकको हो भने खुलिसकेको छैन । कुन कुन बैंकका कुन कुन ग्राहकको पिन चोरी भएको हो भन्ने विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिए पनि जानकारी नआइसकेको ब्युरोका एक अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाले बयान दिएनन्
पक्राउ परेका आठै जना विदेशी नागरिक महाराजगञ्जमा रहेको ब्युरोको हिरासतमा छन् । प्रहरीले दोभाषेमार्फत बयान लिने प्रयास गरे पनि उनीहरुले अनुसन्धानमा प्रहरीलाई सघाएका छैनन् । ब्युरोका डिआइजी सिलवालका अनुसार रोमानियाली नागरिकले प्रहरीलाई बयान दिन समेत अस्विकार गरेका छन् । अन्यले बयान दिए पनि अनुसन्धानमा सघाएका छैनन् । ‘केहीले बयान दिएका छन्, केहीले बयान दिन समेत मानेका छैनन्,’ सिलवालले भने, ‘उनीहरुले बयान नै नदिए पनि प्राविधिक अुनसन्धानबाट प्रमाण जुटाउने काम जारी छ ।’ 
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरु अर्काको पिन विवरण र पासवर्ड चोरीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको खुलेको छ । सो गिरोहका सदस्य डोमिनिकल रिपब्लिक, टर्की, बुल्गेरिया, रोमानिया, नाइजेरियामा बस्ने गरेको र जर्मन, अमेरिका, जापान, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, लाओस्, क्याम्बोडिया, भियतनाम, युएइ, श्रीलंका, भारत, बंगलादेशमा सदस्य छरिएको ब्युरोको अनुसन्धानमा खुलेको थियो ।


kantipur

Wednesday, November 16, 2016

निर्दोष शिक्षकलाई महिलाको हत्यामा फसाउन खोजेको भन्दै प्रहरी कार्यलय घेराउ

ढल्केबर– विद्यालय जादैं गरेका निर्दोष शिक्षकलाई एक महिलाको हत्याको आरोपमा पक्राउ गरेर फसाउन खोजेको भन्दै बुधबार स्थानीयहरुले इलाका प्रहरी कार्यालय ढल्केबर धनुषा घेराउ गरेका छन् । बर्दिबास नगरपालिका स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय प्रेमनगर महोत्तरीका शिक्षक गोविन्द साहले सोही ठाउँकी उषा देवी महतोको हत्या गरेको आरोपमा सोमबार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
gherau
पीडित पक्षको किटानी जाहेरीको आधार प्रहरीले शिक्षक साहलाई प्रेम नगरबाटै पक्राउ गरेको हो । महोत्तरीको बर्दिबास नगरपालिका ८ प्रमेनगरकी ३२ बर्षीया उषा देवी महतोको हत्या गरेको आरोपमा शिक्षक साहसहित उनका देवर विजय महतोमाथि माइति पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।
गत कार्तिक १७ गतेदेखि घरबाट बेपत्ता भएको उषाको शव कार्तिक १९ गते धनुषाको लक्ष्मिनिबास ७ स्थित बासको झयाङ्ग नजिकैको तिल खेतमा फेला परेको थियो । उषाको मृत्यूको घटना रहस्यमय रहेको भन्दै प्रहरीले पीडित पक्षको जाहेरीको आधारमा शिक्षक साहलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
घरबाट हराई रहेकी उषालाई खोज तलासको लागि प्रहरी चौकी चौलिखा किसाननगरमा माइती पक्षले निवेदन दिएका थिए । सोही क्रममा उषाकी ससुरा लक्ष्मि महतो, देवर विजय महतो र छिमेकी दिनेश महतोलाई प्रहरी सोध पुच्छको क्रममा इलाका प्रहरी कार्यालय बर्दिबास ल्याइएको थियो ।
खोज तलास गर्ने भनी प्रहरीले पक्राउ गरेकाहरुसंग कागज गराएर शिक्षक गोविन्द साह लगायत अन्यको जवान्तमा छाडेका थिए ।
पक्राउ गरेकाहरुलाई छाँडेको भोलि पल्टै उषाको लास फेला परेको थियो ।पीडित पक्षले शिक्षक गोविन्द साहले विजयलाई जवान्तमा छोडाएर आफ्नी छोरी उषाको योजना बनाएर शिक्षक साहले हत्या गराएको उषाकी वुवा चेतनारायण महतोको दावी छ ।उषाकी देवर विजय महतो घटना पश्चात फरार रहदैं आएका छन् ।
मंगलबार र बुधबार सयौं गाउँलेहरुहरु निर्दोष शिक्षक गोविन्द साहलाई किटानी जाहेरी दर्ता गराएर फसाउन खोजेको भन्दै ढल्केवर प्रहरीलाई ध्यानाकर्षण गराउन गराएका थिए ।
घटनाको निष्पक्ष छानविन हुनु पर्ने, दोषिलाई कडा कारवाही हुनु पर्ने र निर्दोष शिक्षक गोविन्द साहलाई रिहा गर्नु पर्ने स्थानीयले प्रहरीसंग माग गरेका छन् ।
किसानगरका नेता विदुर कार्कीले निर्दोष र प्रतिष्ठित मान्छे थुनिनु भनेको चानचुने कुरा नभएको प्रहरीलाई चेतावनी दिएका छन् । उनले घटनाको गम्भिर तरिकाले छानविन गर्नु पर्ने बताए ।
समाजसेवी, वुद्धिजीवि, समाजिक अभियन्ता , राजनीतिकर्मी लगायतले समाजले शंका गरेका विजय फरार रहेकोले घटनमा उनकै हात हुन सक्ने बताएका छन् । तर शिक्षक साहलाई रिसिबीको आधारमा किटानी जाहेरी दिएर निर्दोषलाई फसाउन खोजेको स्थानीयले बताएका छन् ।
Ratopati

उत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल र विक्रम थापा सम्मानित

उत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल र विक्रम थापा सम्मानित

15060461_1197460770312881_1762037827_o
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दलाई उत्कृष्ट ब्यवस्थापकको पदवीले सम्मान गरिएको छ ।
त्यस्तै प्रहरी कार्यविधा तर्फ डिएसपी सन्तोष राठौर, दैवी प्रकोप उद्धार तर्फ उत्कृष्ट कार्य गरेबापत सई मनोहरी थापा, ट्राफिक प्रहरी तर्फ उत्कृष्ट कार्य गरेबापत हवल्दार चेत बहादुर चौलागाई र ट्राफिक एफएमका सन्तोष सापकोटा लगायतलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मापत्र सहित सम्मान गरेका छन् ।

यो पनि 

आईजिपी अर्यालले भने– ‘पहिला रोग भाइरल हुन्थ्यो, अहिले अहिले स्ट्याटस र फोटा भाइरल हुन थाले’

RAto PAti

Tuesday, November 15, 2016

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई


कार्तिक ३०, २०७३- नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।
विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित सोलिडारिटी कप नेपाली टिमले ११ महिनायता जितेको लगातार तेस्रो उपाधि हो । जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।
सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मिहिनेतसाथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए ।
खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि गर्‍यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जन विष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले ।
पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले ‘सिक्स यार्ड बक्स’बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो ।
सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मिहिनेतसाथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए ।
खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि गर्‍यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जन विष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले ।
पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले ‘सिक्स यार्ड बक्स’बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो ।
KAntipur

Monday, November 14, 2016

८ महिनामा २७७ मेगावाट

कार्तिक ३०, २०७३- आठ महिनाभित्र मुलुकमा २ सय ७७ मेगावाट बिजुली थपिने भएको छ । स्वदेशी निजी क्षेत्रका २४, विदेशी लगानीको १ र सरकारी दुई आयोजनाबाट त्यति बिजुली थपिन लागेको हो । त्यसपछि मुलुकमा वर्षायाममा लोडसेडिङ नहुने विद्युत् प्राधिकरणका अधिकारीले जानकारी दिएका छन् । 
मुलुकमा हाल कुल विद्युत् उत्पादन क्षमता ५३ दशमलव ४ मेगावाट तापीय (थर्मल) सहित ८ सय ३८ मेगावाट छ । ती २७ आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि आगामी असार मसान्तसम्म मुलुकको केन्द्रीय प्रणालीमा कुल विद्युत् उत्पादन क्षमता ११ सय १५ मेगावाट पुग्ने ऊर्जा मन्त्रालयका अधिकारीले जनाए । आगामी वर्षायाममा मुलुकमा बिजुलीको माग करिब १५ सय मेगावाटको हाराहारीमा पुग्नेछ । प्राधिकरणले हाल भारतबाट ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ भने मुलुकको आन्तरिक उत्पादनले आगामी वर्षायाममा बिजुलीको माग करिब–करिब धान्नेछ ।

स्वदेशी निजी क्षेत्रका २४ आयोजनाबाट १ सय ८३, चिनियाँ लगानीको माथिल्लो मस्र्याङ्दी ‘ए’बाट ५०, विद्युत् प्राधिकरणबाट निर्माणाधीन दुई आयोजनाबाट ४४ मेगावाट विद्युत् उत्पादन सुरु भई आगामी असारसम्म केन्द्रीय विद्युत् प्रणालीमा जोडिने छ । स्वदेशी तथा विदेशी लगानीका २५ आयोजनाको कुल लागत ५५ अर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अधिकारीले दिए । विद्युत् प्राधिकरणद्वारा निर्माण भइरहेका ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आगामी असारअगावै सम्पन्न भई विद्युत् उत्पादन सुरु भइसक्ने छ । 
ठेकेदार कम्पनीको गैरजिम्मेवारीका कारण सन् २०११ मै सम्पन्न हुनुपर्ने यी दुवै आयोजनाको लागत र निर्माण अवधि दोब्बर भइसकेको छ । प्राधिकरणले आगामी मसान्तभित्र जसरी पनि यी दुई आयोजनाको निर्माण सकेर विद्युत् थालिसक्ने कार्ययोजना बनाएर काम गरिरहेको छ । चमेलिया आयोजनाको लागत १५ अर्ब रुपैयाँ पुगिसकेको छ । सुरुमा लागत २ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको कुलेखानी तेस्रोको निर्माण अवधि लम्बिएको र ठेकेदारको भेरिएसन मागका कारण लागत ५ अर्ब रुपैयाँभन्दा बढी पुग्ने भएको छ ।
निजी क्षेत्रबाट निर्माणाधीन आयोजनामध्ये चिनियाँ कम्पनी सिनो हाइड्रोको लगानी रहेको ५० मेगावाटको माथिल्लो मस्र्याङदी सबभन्दा ठूलो आयोजना हो । उक्त आयोजनाको एउटा युनिटबाट २५ मेगावाट बिजुली उत्पादन सुरु भइसकेको छ भने अर्को युनिटबाट एक महिनाभित्रै थप २५ मेगावाट बिजुली उत्पादन सुरु भइसक्ने जानकारी प्राधिकरणका अधिकारीले दिए । २५ मेगावाटको माथिल्लो मादी र १४ दशमलव ९ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौंदी खोला ए विद्युत् आयोजनाबाट हालै परीक्षण उत्पादन सुरु भइसकेको छ । यी तीनवटै आयोजनाले छिट्टै व्यापारिक उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले उपलब्ध गराएको विवरणअनुसार आगामी असारअगावै सम्पन्न हुने आयोजनामा २२ दशमलव २ मेगावाटको अपर चाकु ए, ५ मेगावाटको फावा खोला, १ मेगावाटको तिनाउ, २ दशमलव ८ मेगावाटको चाके खोला, २ दशमलव ५ मेगावाटको पिखुला खोला, १० मेगावाटको मडु खोला, १ दशमलव ७ मेगावाटको जुम्दी खोला, १ दशमलव ५ मेगावाटको ठेउले खोला, ५ मेगावाटको तादी खोला, ५ मेगावाट अपर मैलुङ ए छन् । त्यसैगरी १२ मेगावाटको अपर खिम्ती, ११ दशमलव २ मेगावाटको थापा खोला, ३ दशमलव २ मेगावाटको गेलुङ खोला, १४ दशमलव ९ मेगावाटको हेवा खोला ए, २ दशमलव ५ मेगावाटको दाराम खोला ए, २२ मेगावाटको अपर दोर्दी ए, ४ मेगावाटको सार्दी खोला, ४ मेगावाटको सभा खोला, ७ दशमलव ६ मेगावाटको जोगमाई, ४ दशमलव २ मेगावाटको लोहोरे खोला, ६ दशमलव ८ मेगावाटको रुडी ए र ३ दशमलव ७ मेगावाटको द्वारी खोलाबाट आगामी असारसम्ममा बिजुली उत्पादन भई केन्द्रीय प्रसारणमा जोडिने जानकारी इपानले दिएको छ ।


kantipur

पाकिस्तानमा भएको थियो ट्रम्पको जन्म, नाम थियो दाउद इब्राहिम !

donald-trump-born-in-pakistan-10-1478784576
हेडलाइन पढेर सायद तपाईं अचम्ममा पर्नुभयो होला तर पाकिस्तानको एक न्यूज च्यानलले यस्तै दाबी गरेको छ । पाकिस्तानको च्यानल नियो न्यूजमा प्रसारण भएको एक कार्यक्रममा डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको बताइएको छ ।
वजिरिस्तानको मदरसामा पढाईः
पाकिस्तानी च्यानलको दाबी अनुसार डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको हो र उनको वास्तविक नाम दाऊद इब्राहिम खान थियो ।
उक्त च्यानलका अनुसार सन् १९५४ मा भएको एक सडक दुर्घटनामा ट्रम्पको आमाबुवाको मृत्यु भएको थियो । ट्रम्पले वजीरिस्तानको एक मदरसामा आफ्नो सुरुवाती शिक्षा हाँसिल गरेका थिए ।
भारतीय सैनिकका क्याप्टेनले धर्मपुत्र बनाएः
त्यसपछि बेलायती सेनाका भारतीय सैनिकले उनलाई धर्मपुत्र बनाए र उनलाई लण्डन लिएर गए । यहाँ उनलाई ट्रम्प परिवारले सन् १९५५ मा पुनः धर्मपुत्र बनाए त्यसपछि उनको नाम डोनाल्ड ट्रम्प रहन गयो ।
यति कुरा सुन्दा मानिसहरुले यो कुरा नपत्याउलान् भनी उक्त च्यानलले एक फोटो पनि जारी गर्यो । एक बालकको फोटो पोष्ट गर्दै उक्त फोटो डोनाल्ड ट्रम्प पाकिस्तानमा हुँदाको फोटो भनी दाबी गर्यो ।
सोसल मिडियामा टिप्पणी पछि बनाइयो कार्यक्रमः
सोसल मिडियामा गरिएका केही व्यंग्यको आधारमा च्यानलले उक्त कार्यक्रम बनाएको स्पष्ट गर्यो ।
आधिकारिक रुपमा ट्रम्पको जन्म सन् १९४६ को जून १४ तारिखमा फ्रेड र मेरी ट्रम्पको घरमा भएको थियो । आफ्नो बुवासँग मिलेर ट्रम्पले ग्रेजुएसनपछि रियल स्टेटको व्यवसायलाई अघि बढाए ।
ट्रम्प पाकिस्तानलाई एक समस्या बताउँछन्ः
ट्रम्प राष्ट्रपति बनेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले उनलाई बधाई दिएका थिए । यद्यपी, ट्रम्प सधैं पाकिस्तानको निकै ठूलो आलोचक हुन् ।
उनले एक पटक भनेका थिए कि पाकिस्तानले ६ वर्षसम्म ओसामा बिन लादेनलाई लुकाएकोमा माफी माग्नुपर्छ ।
यसैवर्षको सुरुवातमा सीएनएनसँगको अन्तर्वार्तामा ट्रम्पले पाकिस्तान संसारको लागि सबैभन्दा ठूलो समस्या भएको बताएका थिए । ट्रम्पलाई विश्वास गर्ने हो भने पाकिस्तान एउटा यस्तो समस्या हो जसलाई ध्वस्त पार्नका लागि भारतलाई संलग्न गराउनै पर्छ ।

सी जिनपिङ र ट्रम्पबीच टेलिफोनमा कुरा, चाँडै भेटघाट हुने

बेइजिङ – चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुवैजनाबीच निकट भविष्यमै भेटवार्ता हुने चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण सिसिटिभीले जनाएको छ ।
मुख्यतया, यस भेटघाटमा दुई शक्तिराष्ट्रबीच आपसी सम्बन्धको विस्तार र विकासका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा असंस्कृत रुपले “एसियाको हात्ती, अमेरिकाको दुस्मन” इत्यादिजस्ता तीता शव्दबाट चीन उपर लान्छना लगाउँदै अमेरिकाले चीनबाट आयात गर्ने बस्तुमा ४५ प्रतिशतसम्म भन्सार तथा कर महसूल लगाउने चेतावनी दिएका थिए ।
dc-cover-0ua0oangvm5okh51tphk9oj563-20161114130934-medi
निर्वाचनअघिका कुराहरु बिर्सिइ विश्व अर्थतन्त्रका दुई सम्पन्न राष्ट्रबीच सहयोग आदानप्रदान हुने थुप्रै सम्भावना रहेको समेत दुई नेताबीच सोमबार भएको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सिले बताउनु भएको सिसिटिभीले उल्लेख गरेको छ ।
विश्वको अन्य देशका तुलनामा दुई देशबीच उच्च आर्थिक कारोबार हुने गरेकाले उच्च सहकार्यको आवश्यता रहेको, विद्यमान द्विपक्षीय सम्बन्धलाई अझै दर्विलो पार्नु पर्ने तथा आपसी हितका धेरै मामिलामा उच्चस्तरीय छलफल गर्नका लागि अतिशीघ्र भेटवार्ता गर्न दुईनेताबीच सहमति भएको राष्ट्रपति सिले बताएको भनी सिसिटिभीले जनाएको छ ।
सिसिटिभीले उल्लेख गरे अनुसार सो टेलिफोन कुराकानीमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि चीन एक विशाल महत्व बोकेको राष्ट्र भएकोले चीनसँग सहकार्य गर्न आफू सदैव इच्छुक रहेको, चीन–अमेरिका आपसी सम्बन्ध र दुबैपक्षको जित हुने रणनीतिमा विश्वास राख्ने पनि बताएका छन् ।
निर्वाचन अभियानका क्रममा चीनउपर अतिशयोक्ति गरी आलोचना गर्नुहुने ट्रम्प नै राष्ट्रपति पदमा आउनु भएपछि दुई देशबीच मडारिन लागेको अनिश्चिततालाई यस टेलिफोन वार्ता र शीघ्र भेटघाट, छलफल गर्ने प्रतिवद्धताले अलिकति भए पनि सकारात्मक सङ्केत देखाएको जनाइएको छ ।
ratopati

Sunday, November 13, 2016

भान्सामा अधिकांशले गर्ने यी हुन ५ गल्ती

भान्सेको जिम्मेवारी सम्हालेपछि अधिकांश चाहन्छन्, मीठो र ट्वाक्क परिकार बनाऊँ । कसरी मीठो बनाउने भन्नेमा ध्यान दिने भान्सेले सरसफाइमा पनि उत्तिकै ध्यान दिएकै हुन्छन् । तर, परिकार बनाउने क्रममा सरसफाइका कतिपय यस्ता पाटा छन्, जुन अधिकांशले मतलब नै गर्दैनन् । यस्ता कुरालाई सामान्य ठानिरहेका हुन्छन्, तर स्वास्थ्यका लागि गम्भीर गल्ती भइरहेको हुन्छ । भान्सामा परिकार बनाउँदा अधिकांशले गर्ने गम्भीर गल्ती यस्ता छन्ः
१. माछा–मासु प्रायः भान्सामा पाकेकै पाइन्छ । र, अधिकांश भान्सामा माछा–मासु पकाउने क्रममै गम्भीर गल्ती भइरहेको हुन्छ । काँचो माछा–मासु राखेको प्लेटमा त्यत्तिकै या हल्का पखालेर पाकेको/तारेको माछा–मासु राखेर चाख्ने अधिकांशको बानी हुन्छ । काँचो मासु लसपस भएको भाँडाकुँडा राम्रोसँग नपखाली पाकेको माछा–मासु राखेर खाँदा ब्याक्टेरिया क्रस कन्ट्यामिनेसन भइरहेको हुन्छ । स्वास्थ्यमा हानि गर्ने ब्याक्टेरियाहरू माछा–मासुमा छिटो र बढी सक्रिय हुन्छन् । अन्य काँचो तरकारी राखेको भाँडोमा पनि पकाएको परिकार राखेर खानु हुँदैन ।
२. पकाएको माछा–मासु खाएर नसकेपछि अधिकांशले अर्को छाक खानका लागि स्टक राख्छन् । बिहान पकाएको माछा–मासु बेलुका खाने गर्छन् । घरमा फ्रिज छैन भने यस्तो गर्नु गम्भीर गल्ती हो । प्याज, लसुन, पानीको मात्रा रहेको मासु फ्रिजबाहिर राखिएको छ भने तीन घन्टापछि बिग्रिएको हुन्छ । सेलाएपछि ब्याक्टेरिया फैलिएर टक्सिन उत्पादन गरिसकेका हुन्छन् । यस्तो माछा–मासु तीन घन्टापछि तताएर पनि खानु हुँदैन । ब्याक्टेरियाहरू जीवितै हुन्छन् ।
३. सब्जी आइटम त हरेक भान्सामा भइहाल्छ । फ्रिज हुनेले चिस्याएर राख्छन् । तर, फ्रिजमा राखेको छ भन्दैमा दाग लागेको, ढुसी देखिएको तरकारी बिग्रिएको भाग फालेर पकाउने गरेको पाइन्छ । यो सही होइन । ब्याक्टेरिया सद्दे भागतिर पनि फैलिसकेका हुन्छ र स्वास्थ्यमा हानि पु¥याउँछ ।
४. खुर्सानीको जातै पिरो । अधिकांशले ठान्छन्, पिरो खुर्सानीमा ब्याक्टेरियाहरू रहनै सक्दैनन् । यो ठूलो भ्रम हो । यही भ्रममा परेर धेरैले गल्ती गरिरहेका हुन्छन् । खुर्सानी पुछपाछ गरेर खानु तथा अचारमा प्रयोग गर्नु स्वस्थकर हुँदैन । राम्रोसँग पखाल्नैपर्छ ।
५. अहिले हरेक सब्जीको उत्पादनमा विषादी प्रयोग गरिएको पाइन्छ । तर, अधिकांश भान्सामा बजारबाट ल्याउनैबित्तिकै सब्जी काटेर पकाउने गरेको देखिन्छ । यो गलत भइरहेको छ । हरियो र ताजा देख्दैमा स्वस्थ हुँदैन । त्यसैले पकाउन तयार पार्नुभन्दा पहिले सब्जीहरू मनतातो नुनपानीमा आधा घन्टा डुबाउनु राम्रो हुन्छ । यसो गर्दा विषादीको असर न्यूनीकरण हुन्छ ।
नयाँ पत्रिकाबाट
Image result for beautiful girl kitchen

कोही एक्कासि बेहोस भयो ? यसरी गर्नुहोस् उद्धार

चक्कर लागेर मान्छे एकाएक ढल्न र बेहोस हुन सक्छ । चक्कर लाग्ने विभिन्न कारण हुन्छन् । चर्को थकान, रक्तचापको कमी, शरीरमा ग्लुकोजको कमी, छारे रोगलगायत कारणले व्यक्ति ठाउँको ठाउँ बेहोस भएको पाइन्छ । यस्तो अवस्था परिवारका सदस्य या अर्को जोकोहीमा निम्तियो र तपाईं नजिकै हुनुहुन्छ भने नआत्तिनुहोस् । त्यतिवेला सचेत भएर उद्धार गर्ने तरिका डा. केदार सेन्चुरीले सिकाएका छन् ।
बेहोस भएको व्यक्तिलाई तत्काल शीतल र सजिलो ठाउँमा लगिहाल्नुहोस् । भिडभाड नभएको हावा चल्ने शीतल ठाउँमा आरामसँग सुताउनुपर्छ ।
जुनकुनै कारणले बेहोस भए पनि व्यक्तिलाई जहिल्यै कोल्टे पारेर सुताउनुपर्छ । यस अवस्थामा कहिलेकाहीँ उसले बान्ता गर्ने सम्भावना हुन्छ । उत्तानो सुताइएको छ र यहीवेला बान्ता भयो भने स्वासनलीबाट फोक्सोमा पुग्ने खतरा रहन्छ । फोक्सोमा पुगेको बान्ताले क्रोनिक निमोनिया गराइदिने भएकाले विशेष होसियारी पुर्‍याउनुपर्छ ।
सहज ठाउँमा सही तरिकाले सुताइसकेपछि बेहोस भएको व्यक्तिको शरीरमा पानी छम्किदिनुहोस् । पानी छम्किएपछि व्यक्ति होसमा आउँछ ।
होसमा आएपछि उसको शरीरमा इनर्जी ल्याउने प्रयास गर्नुपर्छ । शारीरिक कमजोरीले मान्छे बेहोस हुने गर्छ । ग्लुकोज पानीले शरीरमा केही शक्ति दिन्छ । केहीबेरपछि फलफूलको जुस दिन सकिन्छ तर, थोरै–थोरै गर्दै । ठोस खानेकुरा भने दिनु हुँदैन ।
हल्का केही इनर्जी प्राप्त भएपछि उसको रक्तचाप जतिसक्दो छिटो जाँच गर्नुपर्छ । रक्तचापको असन्तुलनले बेहोस भएको भए ढिला गर्नु खतरनाक हुन सक्छ ।
विभिन्न प्रक्रिया अपनाउँदा पनि लामो समयसम्म बेहोस व्यक्ति होसमा नआएमा नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ । स्वास्थ्य संस्थामा लैजाने क्रममा पनि उसलाई कोल्टो सुताएरै लैजानुपर्छ ।
नयाँ पत्रिकाबाट
Image result for girls faint

धरान धनकुटा सडकखण्डमा प्रहरी स्कर्टिङमा यातायात सञ्चालन

कार्तिक २८, २०७३- नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले आइतबार बिहान धनकुटामा एक सवारी साधनमा तोडफोड गरी सामान्य क्षति पुऱ्याएका छन् ।
कोसी राजमार्गको धरान धनकुटा सडकखण्डअन्तर्गत आत्मारा ढाटनजिक को.१ख ३२७५ नं.को मिनिट्रकमा क्षति पुऱ्याएको चालक सुमन अधिकारीले बताए । इटहरीबाट हिलेस्थित कालिका सप्लायर्सका लागि सामग्री बोकेर जाँदै गरेको ट्रकलाई बन्दकर्ताले घेराउ गरेर तोडफोड गर्दा लुकिङग्लास फुटेको जनाइएको छ । सवारी साधनलाई सदरमुकामस्थित जीरो प्वाइन्ट नजिक सुरक्षाका लागि राखिएको छ ।
स्कर्टिङ गरेर सवारी सञ्चालन
कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालनमा ल्याएको छ ।
धरानबाट भेडेटार, मुलघाट, धनकुटा सदरमुकाम हुँदै हिले र तेह्रथुमसम्म स्कर्टिङ गरी सवारी साधन सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । यसक्रममा राजधानीबाट गएका दुईसहित १५ वटा सवारी साधनलाई गन्तव्यतर्फ लगिएको प्रहरी स्रोतले जनाएको छ ।

यसैबीच, माओवादीले आह्वान गरेको नेपाल बन्दले बर्दियाको जनजिवन आंशिक प्रभाव परेको छ । बन्द गर्दे हिँडेका चार जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको कान्तिपुर संवाददाता कमल पन्थीले जनाएका छन् ।
यसैबीच बन्दका कारण बिहानदेखि यहॉबाट चल्ने लामो तथा छोटो दुरीका यातायातका सवारी साधन चलेका छैनन् । जिल्ला स्थित शिक्षण संस्था,उद्योग कलकारखाना बन्दले प्रभावित भएकाछन् । फाटफुट रुपमा मोटरसाईकल चले पनि गुलरिया,सानोश्री,भुरीगाउ,राजापुृर लगायतका व्यवसायिक केन्द्र ठप्प भएको प्रहरीले जनाएको छ । बन्दलाई मध्यजनर राख्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Source:-kantipur

हेर्नुहोस् तिहारमा ‘प्रचण्ड र केपी’को देउसी जुहारी(भिडियो सहित)

सिस्नुपानी नेपाल र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘प्रज्ञा- सिस्नुपानी देउसी’ कार्यक्रममा नक्कली प्रचण्ड र नक्क्ली केपी ओली बनेर हाँस्य कलाकारद्धय मनोज गजुरेल र सिताराम कट्टेलले खुबै हसाँए ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिती रहेको कार्यक्रममा मनोज र सितारामको जुहारी रोचक थियो ।
सिस्नुपानी टिमले देउसी खेलिसकेपछि घरबेटी बनेर मञ्चमा उपस्थित भएका दुई कलाकारले समसामयिक बिषयमा एक अर्काको कटाक्ष गरे । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओली प्रस्तुती हेरेर हाँसिरहेका थिए ।


यस्तै, कार्यक्रममा कलाकार शैलेन्द्र सिंखडाले नेताहरुमाथि कडा प्रहार गरेका थिए । ‘प्रज्ञा-सिस्नुपानी’मा मनोज र सितारामको प्रस्तुती यस्तो थियोः

OnlineKhabar


अब घर-घरमा विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

अब घर-घरमा विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

smart-meter
२८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ ।
स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई बताए ।
‘मेरो पहिलो उद्देश्य लोडसेडिङ न्यूनीकरण गर्दै अन्त्य गर्नु हो,’ घिसिङले भने, ‘दोस्रो उद्देश्य भने घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु हो । यी दुबै उद्देश्य प्राप्त गर्न स्मार्ट मिटरिङ सिस्टम अत्यावश्यक छ ।’
‘पाइलट प्रोजेक्ट’का रुपमा निकट भविष्यमै उपत्यकामा स्मार्ट मिटर जडान गरिने उनको भनाई छ ।
‘पाइलट प्रोजेक्टकारुपमा निकट भविष्यमै काठमाडौं उपत्यकामा स्मार्ट मिटरिङ सिस्टम लागू गर्ने तयारी भइरहेको छ,’ घिसिङले भने, ‘अहिले नै दिन तोकि नहालौं ।’
smart-meter-in-home-display-1
 स्मार्ट मिटरिङ लागू भएपछि टेलिकमका उपभाक्ताले जस्तै विद्युत प्राधिकरणका उपभोक्ताले पनि तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने घिसिङले बताए । सिस्टमको सञ्चारका लागि टेलिकमसँग कुरा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
अहिले प्राधिकरणका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घर-घरमा जान्छन । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ ।
के हो स्मार्ट मिटर ?
स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनिकेशन अर्थात दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको केन्दि्रय सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ ।
उपभोक्ताले विल तिरेको/नतिरेको पनि छिनभरमै प्राधिकरणको केन्दि्रय प्रणालीलाई थाहा हुन्छ ।
डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्जकार्डमार्फत रिचार्ज गरेर विजुलीको खपत गर्न सक्ने घिसिङले बताए ।
intelligenter_zaehler-_smar
विकशित मुलुकहरुमा पछिल्ला बर्षमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र बिद्युत बिक्रेता प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबापत खर्च भइरहेको पैसासमेत सजिलै थाहा पाउन सक्छन् ।
स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचार घरघरमा आएर मिटर हेरेर बिल काट्नुपर्ने बाध्यता हट्ने छ । साथै प्राधिकरणले कुन समयमा उपभोक्ताले धेरै बिजुली खपत गर्छन भन्ने सही र रियलटाइम तथ्याङ्क पाउने छ ।
२०७३ कार्तिक २८ गते १३:१७ मा प्रकाशित
Source:-OnlineKhabar

Saturday, November 12, 2016

आज २ बजेसम्म माग पुरा नभए डा. गोविन्द केसी पुन अनशनमा बस्ने

newsabhiyan
काठमाडौं, २८ कार्तिक । आज २ बजेसम्म माग पुरा नभए डा. गोविन्द केसी पुन अनशनमा बस्ने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक गोविन्द केसीले आइओएममा वरिष्ठता आधारमा डिन नियुक्ति र मेडिकल शिक्षण शुल्क कार्यान्वयन गर्न सरकारलाई दिएको २४ घन्टाको अल्टिमेटमा आज दिउँसो दुई बजे पुरा हुदैछ ।
डिन नियुक्ति र एमबिबिएस शिक्षण शुल्क कार्यान्वयनमा शिक्षा मन्त्रीसहित त्रिवि उपकुलपति बाधक बनेको आरोप लगाउँदै उनले २४ घन्टाभित्र आफ्ना माग पूरा नभए अनशन थाल्ने शनिबार विज्ञप्ती मार्फत चेतावनी दिएका थिए । डा. केसीले वरिष्ठता आधारमा डिन नियुक्ति नगर्ने चलखेलमा त्रिवि उपकुलपति डा. तीर्थ खनियाँ लागेकाले उनलाई ‘शैक्षिक अपराध’ गरेको आरोपमा पदबाट बर्खास्त गर्नसमेत माग गरेका छन् ।
आइओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) को डिन पद नौ महिनादेखि रिक्त छ । पटकपटकको अनशन र सम्झौतामा सरकारले वरिष्ठता आधारमा डिन नियुक्ति गर्ने स्विकारे पनि कार्यान्वयन तहमा जान आलटाल गरेपछि केसीले यस्तो अल्टिमेटमा दिएका हुन् । नौ महिनादेखि निमित्त डिनका भरमा चलेको आइओएममा बिहीबारदेखि सो पद पनि रिक्त छ ।
‘म आइतबार २ बजेसम्म पर्खिन्छु, त्यतिबेलासम्म वरिष्ठताकै आधारमा डिन नियुक्त नभए तत्काल सत्याग्रहमा जान्छु,’ विज्ञप्तीमा उनले भनेका थिए । उनले डिन नियुक्त नभए आजनै पत्रकार सम्मेलन गरेर अपरान्हदेखि अनशन सुरु गर्ने तयारी गरेको स्रोतको भनाई छ । चिकित्सासम्बन्धी र अन्य माग पूरा गर्ने सरकारी आश्वासनसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग प्रक्रिया सुरु भएपछि केसीले नवौं अनशन दसैंको फुलपातीको अघिल्लो दिन स्थगित गरेका थिए । केसीले अख्तियार प्रमुखलाई महाभियोग लगाएर हटाइनुपर्ने माग पनि राख्दै आएका छन् ।
आफूअनुकूल चिकित्सक वरिष्ठमा नपरेपछि खनियाँले डिन नियुक्ति अड्काउँदै आएको आरोप केसीको छ । यसै कारण केसी बढी आक्रामक बनेका हुन् । नवौ अनशनकै बीचमा सरकारका कतिपय मन्त्रीले डिन नियुक्ति वरिष्ठताकै आधारमा गर्न आग्रह गरे पनि उपकुलपति खनियाँले अटेरी गरेपछि उनलाई बर्खास्त गर्नुपर्ने माग थपेका हुन् ।
केसी २०६९ सालमा प्राज्ञिक निकायमा राजनीतिक हस्तक्षेपविरुद्ध पहिलो अनशनमा बसेका थिए । शैक्षिक निकायमा दलीय भागभन्डा आधारमा नभई मापदन्ड बनाएर नियुिक्त गर्नुपर्ने र मापदन्ड नबन्दासम्म वरिष्ठतालाई नै आधार बनाउनुपर्ने उनको माग छ । पहिलो अनशनयता आइओएममा तीन  डिन नियुक्त भइसकेका छन् । वरिष्ठताबाहिरबाट ल्याइएका दुईमध्ये एकलाई बर्खास्त गर्न सरकार बाध्य भएको थियो । पछिल्लोपटक वरिष्ठता सूचीमा परेका चिकित्सक पार्टीनिकट नभएपछि अधिकांश ठूला दल निकट डाक्टरसमेत वरिष्ठताविरुद्ध उभिएका छन् ।
पार्टीनिकट चिकित्सकहरूको दबाब र निजी मेडिकल कलेजको प्रभावमा परेर उपकुलपति खनियाँ वरिष्ठता पन्छाएरै डिन बनाउने पक्षमा देखिएका छन् । केसीको सातौं, आठौं र नवांै अनशनमा पनि सरकारसँग वरिष्ठताकै आधारमा डिन बनाउने सहमति भएको थियो तर सहमति कार्यान्वयनमा त्रिवि पदाधिकारी बाधक देखिएका छन् ।
केसीले डिन नियुक्तिमात्रै नभई सरकार पुराना सम्झौता कार्यान्वयन सट्टा उल्लंघनमा लागेको आरोपसमेत लगाएका छन् । उनले आइतबार २ बजे सम्म वरिष्ठताका आधारमा डिन नियुक्ति र एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झै कार्यान्वयन गर्न समेत माग गरेका छन्
- Source: newsabhiyan

यस्तो भयो मेरो पहिलो Bed Scene भिडियो हेर्नुहोस


पाकिस्तानका‘चियावाला’ नेपालकी‘तरकारीवाली’र चीनकी‘खोर्सानीवाली’

पाकिस्तानका ‘चियावाला’ नेपालकी ‘तरकारीवाली’ पछि अब सामाजिक सञ्जालमा चीनकी यी ‘खोर्सानीवाली’ को फोटो भाइरल भएको छ ।
चीनकी यी खोर्सानी बेच्ने केटीको फोटो सामाजिक सञ्जालमा भाइरल भएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । हेर्दा कुनै सुपर मोडलभन्दा कम नदेखिने यी चाइनिज केटी को हुन भन्ने खुलाइएको छैन ।
khorsanibali
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यी केटीको सुन्दरतालाई लिएर टिप्पणी गर्दै फोटो शेयर गरिरहेका छन् । तर, यी चीनकी कुन ठाउँकी हुन भन्ने पनि खुलाइएको छैन ।पाकिस्तानको एक गाउँमा चिया बेच्ने अरशद अलि खानलाई यसै गरी सामाजिक सञ्जालले भाइरल बनाउँदा उनलाई मोडलिङमा र टिभी कार्यक्रममा काम गर्ने अवसर पाएको बताइएको छ ।
twitter-walas-218x150नेपालकी ‘तरकारीवाली’ भनिएकी कुसुम श्रेष्ठले मोडलिङको अवसर पाइसकेकी छन् भने फिल्म खेल्ने निम्तो पनि पाएको समाचार आएका छन् ।चीनकी यी ‘खोर्सानीवाली’ ले त्यहाँ कस्तो रेस्पोन्स पाउँछिन् भन्ने कुरा हेर्न केही दिन पर्खनै पर्ने भएको छ ।
सामाजिक सञ्जाल पनि एक असरदार सञ्चार माध्यम हो भन्ने उदाहरण यी घटनाले देखाएका छन् ।तर, ‘धेरै खाए पछि चिनी पनि तितो हुन्छ’ भने झैं यस्तै भई रहे मानिसले वास्ता गर्नै छोड्लान भन्ने पनि डर रहेको छ ।

नेपाल सोलिडारिटी कपको फाइनलमा

  • पेनाल्टी सुटअाउटमा नेपालले लाअाेसलाई ३–० ले हरायाे
कार्तिक २७, २०७३- लाअाेसलाई पेनाल्टी सुटअाउटमा ३–० ले हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेकाे छ ।
निर्धारित समयमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटअाउटमा पुगेकाे थियाे । नेपालका गाेल रक्षक किरण चेम्जाेङले लाअाेसका खेलाडीका दुईवटा प्रहारलाई राेकेका थिए भने नेपालका तीनैजना खेलाडीले गाेल गरेका थिए । 
source :-kantipur

टीकापुर हत्याकाण्डमा दोषी जोगाउन नमानेपछि गृहमन्त्री निधिले महानिरीक्षक अर्याललाई हटाउने

कात्तिक २६ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधन मार्फत पदावधी घटाएर फ्याल्ने खेलको अन्तिम शृंखला कार्यन्वयन हुने संकेत देखिएको छ । प्रहरीको संघिय संरचना कार्यन्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक बनाउनु भन्दा उनलाई हटाएर हालका एकजना एआईजीलाई महानिरीक्षक र पछि महानिर्देशक बनाउने खेल अन्तिम चरणमा पुगेको स्रोतले दाबी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांगे्रस सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो ।
दुबै दलमा हालका एआईजीहरु आफैँ र आफू निकटस्थको सहयोगमा लबिङ गरिरहेका छन । प्रहरी महानिरीक्षक अर्याल हटाउन प्रधानमन्त्री दाहाल, कांग्रेश सभापति देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिच सहमती जुटाउन पहल भै रहेको स्रोतले दाबी गरेको हो ।
गृहमन्त्री निधिका पुराना सहयोगी भएका कारण अर्याललाई उनले राजीनामा दिएर निकास दिन आग्रह समेत गरेको स्रोतले जनाएको हो । पछिल्लो समय अर्याल र निधि बिच टिकापुर घटना, एसपी तानिएको बिषय र सरुवाका कारण सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो ।
तर जनकपुरदेखिका असल सहयोगी रहेका अर्याल र निधिको सम्बन्ध भन्दा पनि लोकमान सिंह कार्की प्रकरणमा माओवादी केन्द्रका उच्च तहका नेता र केही ब्यापारीका कारण अर्याल हटाउने खेल घनिभुत हुन लागेको हो ।
गृहमन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषदमा दर्ता रहेको प्रहरी नियमावली संशोधन प्रस्ताव अनुसार प्रहरी महानिरीक्षकको सेवाअवधि चारवर्षबाट तीनवर्षमा घटाएर अर्याललाई हटाउने तयारी भएको हो। तीनवर्ष अघि महानिरीक्षकमा बढुवा भएका अर्याल फागुनमा तीसवर्षे सेवाअवधिका कारण अनिबार्य अवकासमा जानेछन। तर नियमावलीमा संशोधन भए उनले मंसिर २ गते पदावधीका कारणले अवकाश पाउदैछन। स्रोतका अनुसार विहिबारकै मन्त्री परिषद बैठकले नियमावली संशोधन गर्ने तयारी भए पनि बैठक बस्न सकेन। बिहीबार विभिन्न शक्ति केन्द्रहरूमा यसै विषयलाई लिएर बैठक भएको थियो ।
नागरिक दैनिक

हेर्नुहोस सत्य चुडेलको कथा धेरै नै डर्लाग्दो रहेको छ #Video


Friday, November 11, 2016

तर्काली वाली को हुन त इनि नानी हेर्नुहोस भिडियो उहा को बारे ===>


यसरि हुदो रैछ वाईफाई हाक हेर्नुहोस भिडियो



Alternatively try this out

हेर्नुहोस यो फिल्म अनि आखा बाट आशु आउछ कि नै हेर्नुहोस

Image result for film shiva

हेर्नुहोस यो फिल्म अनि आखा बाट आशु आउछ कि नै हेर्नुहोस


Image result for film shiva

आयो फेरी नयाँ सुपर हिट नेपाली फिल्म हेर्नुहोस ट्रैलेर

Image result for Jhola

यसरि बाटा मा नेपाली चेली लडाई गर्न थाले पछी हेर्नुहोस पुरा विडियो


Image result for girls fighting indian